बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा आगलागीबाट लाखौंको क्षति

शनिबार, ०४ असोज २०७६, १३ : ००
शनिबार, ०४ असोज २०७६

रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपु नगरक्षेत्र अन्तर्गत एक गोठमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ गम्हरियामा गएराति स्थानीय रागरित राउत कुर्मीको गोठमा भएको आगलागीबाट लाखौंको क्षति भएको हो ।

लामखुटे धपाउन बालिएको घुरबाट सल्किएर गएराति १२ बजे कुर्मीको गोठमा आगलागी हुँदा गोठभित्रै रहेको बाख्रा, भैँसीको जलेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सई कल्याण आले मगरले जानकारी दिए । 

आगलागीबाट गोठ चौपाया गरी तिनलाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

गाँउले र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको स्थानीय समाजसेवी विद्यानन्द यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप