पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध
खोटाङ–वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।
दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताए ।
“पहिराले चार वटा पोल पूर्णरुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ”, उनले भने, “अवरुद्ध विद्युत् पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्रीसहित प्राविधिक टोली घटनास्थल पठाइएको छ ।”
हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।
विद्युत् अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चार माध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ । दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत् पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।
प्रदेश नं १ मा पर्ने खोटाङ र ओखलढुङ्गामा बुइँपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ । दुई जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटकपटक अवरुद्ध हुने गरेको हो ।
विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगा खोलासँगै ठाउँठाउँमा घना जङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुबै जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएकोप्रति विद्युत् उपभोक्ता आक्रोशित बनेका छन् । यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार