शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, ०४ असोज २०७६, १७ : ००
शनिबार, ०४ असोज २०७६

बुटवल–दाङको घोराहीमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ  ।

घोराही उपमहमानगरपालिका वडा नं. ९ गुकाली डाँडाँमा रा ४ प ७८९३ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते विक दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । 
 दूरी देखाउन बनाईएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप