मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिपी गजुरेलको आरोप : ‘प्रधानमन्त्री ओली अरिङ्गाल इन चीफ बने’

शनिबार, ०४ असोज २०७६, १९ : ०२
शनिबार, ०४ असोज २०७६

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार फाँसीवादी बाटोमा हिडेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक कार्यक्रममा नेता गजुरेलले सरकारले केही गर्न नसकेपछि चौतर्फी आरोपको सामना गर्नुपरेको बताए । 

पार्टीबाहिर र पार्टीभित्रै पनि विरोध हुन थालेपछि त्यसलाई दमन गर्न सरकार लागिपरेको उनको अरोप छ । नेता गजुरेलले विरोध सामना गर्न नसकेपछि सरकारले आफ्ना अरिङ्गाल परिचालन गरेको बताए । उनले अहिले जनताले चुनावमा सरकारको दललाई भोट हालेकोमा पछुतो मान्न लागेको बताए ।

उनले भने, ‘डबल नेकपा भित्रैबाट कामको विरोध हुन थालेपछि विरोध सहन नसकेर सरकार फासीवादी बाटोमा हिंडेको छ । एउटा पार्टीलाई त प्रतिबन्द्ध नै लगाइसक्यो । उनीहरुले प्रतिबन्ध लगाउनुको कुतर्क विप्लवले मलाई मार्न मान्छे पठाए भनेर पनि भने । प्रधानमन्त्रीलाई सुरक्षा नपुगेको भए भद्रकालीको जंगी अड्डामा गएर शासन चलाए हुन्छ । सिंगापुरबाट पनि चलाएकै हो । प्रचण्डसँग अहिले १ कम्पनी सुरक्षाकर्मी छन् । त्यसले पनि नपुगेको अर्को कम्पनी थपे हुन्छ ।’

नेता गजुरेलले सरकारले संविधान दिवस मनाउन उर्दी जारी गरेर पञ्चायतको  शैलीको अभ्यास गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली ‘अरिङ्गाल इन चिफ’ बनेको बताउदै टिभीमा सरकारलाई गाली ग¥यो भनेर जिल्ला प्रवेश रोक लगाउने काम फाँसीवादको अभ्यास गरेको बताए । 

उनले जनताले विकास गर्न भनेर सरकारमा पठाएपनि सरकारले भने अरिङ्गाल पठाउन थालेको बताउँदै अब सडक आन्दोलनको आवश्यकता रहेको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप