शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले टुंग्यायो महानगरको नेतृत्व : वीरगन्जमा रहव

शनिबार, ०४ असोज २०७६, १९ : २८
शनिबार, ०४ असोज २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रवीन्द्र श्रेष्ठ चयन भएका छन् भने ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिवमा चयन भएका छन् ।  

यता पोखरा महागरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

यस्तै भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप