शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट तस्करी गरेर ल्याइएको (ब्रा) बरामद

शनिबार, ०४ असोज २०७६, २१ : ०३
शनिबार, ०४ असोज २०७६

काठमाडौं – भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो । 

शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी प्रवक्ता सुनिल मल्लले जानकारी दिए । 

प्रहरीलाई देखेपछि ब्राको केस छोडेर दुईजना भारतीय नागरिक भारततर्फ भागेको डीएसपी मल्लले बताए । 

उनका अनुसार १२ वटा केस ब्रा बरामद गरेको हो । १२ वटा केसमा चार हजार पाँचसय साठी पिस ब्रा रहेको र एउटा ब्रा बराबरको मूल्य १५० पर्ने र त्यसको मूल्य ६ लाख चौरासी हजार पर्न आउँछ । 

बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको डीएसपी मल्लले रातोपाटीलाई बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप