शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ

शनिबार, ०४ असोज २०७६, २१ : १०
शनिबार, ०४ असोज २०७६

भक्तपुर – महानगरीय प्रहरी वृत थिमीले चोरीका मोटरसाइकलसहित केही व्यक्तीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र वृतको टोलीले ७ जनालाई सिन्धुपाल्चोक र भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रहरीले बुधबार सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोकका २४ वर्षीय विजय नेपाललाई सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालीको ड्याम साईटबाट पक्राउ गरेको हो ।
 
नेपालसँगै सोही जिल्ला जुगल गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय अर्बिन तामाङ्ग, बेलफी गाउँपालिका वडा नम्बर ३ का प्रकाश बहादुर तामाङ्ग र सोही स्थानका २५ वर्षीय राम बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।

उनीहरु चार जनालाई इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रकाउ गरेको थियो । विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटका बेसीका २३ वर्षका सुजन गुरुङ्गलाई वृत्त थिमीको टोलीले पक्राउ गरेको हो । 

त्यसैगरी शनिबार चाँगुनारायण नगरपालिका वडा नम्बर १ का १९ वर्षका दीपक अर्याल र सोही स्थानका सुजन थापालाई पक्राउ गरेको वृत्तका डिएसपी कोइरालाले जानकारी दिएका छन् । 

उनीहरुले मोटरसाइकल चोरी गरेर नम्बर परिर्वतन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको र प्रहरीले उनीहरुको साथबाट तीन वटा चोरीका मोटरसाइकल समेत बरामद गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप