केन्द्रीय संस्करण

शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको छ: मन्त्री पोखरेल

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा हुने अनावश्यक राजनीतिलाई निरुत्साहित गर्न शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको बताएका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जनता माविमा आयोजित  प्राविधिकधार कृषि बाल विज्ञान शिक्षाको उद्घाटन गर्दै उहाँले शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने बताए ।

विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह गरे । शिक्षालाई श्रमसँग र  प्रविधिलाई सीपसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

सरकारले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक शिक्षक उत्पादनतर्फ ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो । मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताउनुभयो । बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले गाउँपालिकामा प्राविधिक शिक्षाको प्रारम्भ हुनु स्वागतयोग्य भएको बताउनुभयो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...