बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसर पारेर नेपाल बैकद्वारा समृद्ध व्यवसाय कर्जाको सुरुवात

आइतबार, ०५ असोज २०७६, १२ : ३७
आइतबार, ०५ असोज २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडले संविधान दिवसको अवसर पारेर समृद्ध व्यवसाय कर्जाको सुरुवात गरेको छ । 

त्यसैगरी, बैंकद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसंग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रमको आयोजना गर्यो ।

यस सिलसिलामा सार्वजनिक स्थान सरसफाई अभियान अन्तर्गत बैंकद्वारा संचालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरे । यसै अवसरमा बैकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए । 

बैंकका कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी सम्पन्न भयो । साथै बैंकद्वारा यसै सप्ताहान्तमा नेपालको वर्तमान संविधानबारे वरिष्ठ संविधानविद पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने पनि जनाएको छ ।

बैकले सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार बनाउन उद्योग वा व्यवसाय विस्तारका लागि समृद्धि व्यवसाय र सेवाग्राही कर्जा, वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ कर्जा लगायतका नयाँ कर्जा सेवाहरुसमेत सुरुवात गरेको छ ।

यस राष्ट्रिय दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोेज १ देखि ४ गतेसम्म प्रधान कार्यालय एवं विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरेको छ । 

यस अघि यस राष्ट्रिय दिवस चार दिवसीय रुपमा भव्यतापूर्वक मनाउन बैकले का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीको संयोजकत्वमा बैकका वरिष्ठ अधिकारीहरु सम्मिलित ५ सदस्यीय संविधान दिवश समारोह समिति गठन गरेकोमा सो समितिको सक्रियतामा संचालित विविध कार्यक्रमहरुमा बैंक कर्मचारीको उत्शाहपूर्ण सहभागिता रहेको थियो ।            
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप