पाकिस्तानमा बस दुर्घटना, २६ को मृत्यु, १२ जना घाइते
आइतबार, ०५ असोज २०७६, १३ : ४८
गिल्गिट– पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । –एएनआई /photo: www.thenews.com.pk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ