बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैतडीको बलालिस्थित टावरमा आगजनीपछि सञ्चार सम्पर्क विच्छेद

आइतबार, ०५ असोज २०७६, १४ : ५८
आइतबार, ०५ असोज २०७६

बैतडी– डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो ।  

टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताए । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताए । आगजनीबाट टावरमा जडान गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप