शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीरबाट लडेका वृद्धको उपचारका क्रममा मृत्यु

आइतबार, ०५ असोज २०७६, १६ : २०
आइतबार, ०५ असोज २०७६

ओखलढुङगा– भीरबाट लडेर गम्भिर घाइते भएका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । गत शुक्रबार भीरबाट लडेर गम्भिर घाईते भएका सुनकोशी गाउँपालिका ६ का ७३ बर्षीय बृद्ध भीमबहादुर मगरको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
गत शुक्रबार कात्तिकेस्थित मगर घरबाट भुल्केतर्फ जाँदै गर्दा सोही गाउँपालिकाको वडानम्बर ६ स्थित निगुरेभीरबाट लडेर गम्भिर घाईते बनेका थिए । भीरबाट करिब डेढ सय मिटर तल खसेका मगरको टाउको लगायत शरीरका बिभिन्न भागमा गहिरो चोट लागेको थियो । घटनास्थलबाट स्थानियले उद्धारगरी सामुदायीक अस्पताल ओखलढुंगामा उपचारका लागि ल्याएपनि उनको तीन दिनपछि अर्थात आइतबार मृत्यु भएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । मृतक मगरको शवलाई अवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम गर्न जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप