बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता

आइतबार, ०५ असोज २०७६, १७ : ०३
आइतबार, ०५ असोज २०७६

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् । उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको ‘विशेष विमान’मा शनिबार न्यूयोर्क आएका हुन् । न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए ।

प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब गएका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उनी  साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन्। 

दुवै मुस्लिम राष्ट्रका युवराज र प्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन् । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । –एएनआई /Photo: Pm- office-pakistan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप