शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टक क्लियरेन्स मेला सकियो, ९२ हजारले गरे अवलोकन

आइतबार, ०५ असोज २०७६, १८ : ५०
आइतबार, ०५ असोज २०७६

काठमाडौं– दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । 

गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् । 

इभेन्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवर्धन गर्दै लैजाने उनको भनाइ छ । 

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेन्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । 

इभेन्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेन्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप