बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दराजले अब गाडी पनि बेच्नेः टाटा टियागो र टिभीएस मोटरसाइकल तथा स्कूटरमा आकर्षक अफर

आइतबार, ०५ असोज २०७६, १९ : ००
आइतबार, ०५ असोज २०७६

काठमाडौं– वर्षकै सबै भन्दा ठूलो चाड, दशैं नजिकिदै छ,  साथै दराज को दशैं धमाकामा अफर हरु पनि धमाधम चलिरहेको छ । 

यस साल, नेपाल को बृहत अनलाईन शपिङ साइट दराजले उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो र सहज बनाउँदै सबै अपेक्षा पार गर्दै गहिरहेको छ। 

यसै साल, दशैंको अवसर पारी दराजले अब गाडीहरु पनि बेच्ने घोषणा गरेको छ । सिप्रदी ट्रेडिङ्गसँग मिलि दराजले सबै भन्दा सुपथ मूल्यमा नेपाल भरि टाटा टियागो गाडी बेच्ने भएको छ । 

गाडी किन्न खोज्नु भएको अथवा अपग्रेड गर्न खोज्नु भएको ग्राहकहरुले दराजमा अब राम्रो डिलहरु पाई टाटा टियागोका विभिन्न मोडेलहरु किन्न सक्नेछन् । दराजमा यसको सुरुवाती मूल्य रु २० लाख ९५ हजार रहेको छ।

यस बाहेक, नयाँ साल देखि मोटरसाइकलहरु पनि राम्रो सँग बिक्रि भैरहेकोले दराजले टिभीएस सँग मिलि टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु पनि लिएर आएको छ।  

यस अभियान अन्तर्गत, उपभोक्ताहरुले TVS Apache RTR 180 2V सँग ३२ इन्च को टीभी सित्तै मा पाउनेछन् साथै TVS Apache RR 310 मा  २५ हजारको महा छूट पनि पाउनेछन्। त्यसको माथि, उपभोक्ताहरुले टिभीएसको अन्य मोटरसाइकल तथा स्कूटरहरुमा सित्तैमा हेल्मेट, पन्जा, तथा कभर पनि पाउनेछन्। 
 
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘घरायसी सामान देखि मोटरसाइकल तथा कपडा देखि गाडी सम्म गरेर दराजले नेपाल को इकमर्स मार्केटमा ठूलो परिवर्तन गरिरहेको छ । हामी जहिले पनि धेरै भन्दा धेरै विभिन्न प्रकारका बिक्रेताहरुलाई लाखौं उपभोक्ताहरु सामु लिएर आउने प्रयासमा निरन्तर लागिरहेका छौं । त्यसैले हामीले अब गाडीहरु पनि बिक्रिमा लिएर आउने भएका हौं । दशैं भनेको मोटरसाइकल तथा गाडी किन्नको लागि सहि समय हो र दराज ले लिएर आएका अफरहरुको फाइदा उठाई उपभोक्ताहरुले सबैभन्दा राम्रो डिल पाउनेछन् ।’

दराज दशैं धमाका

यो अभियान यहि भदौ २९ देखि सुरु भएको हो। यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०५ सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (Discount Vouchers), मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन्। 

साथै उपभोक्ताहरुले नविल, स्ट्यान्डर्ड चार्टड, सानिमा, र मेगा बैंक का डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यो अभियान यहि असोज १३ गते सम्पन्न हुने छ । साथै काठमाडौँ उपत्यका बाहिर बस्ने उपभोक्ताहरुले यहि असोज ८ बुधवार सम्म सबै अर्डरहरु गरिसक्नु पर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप