शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (फोटोफिचर)

आइतबार, ०५ असोज २०७६, १९ : ०४
आइतबार, ०५ असोज २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर विरोध प्रदर्शन गरेको हो । 

साथै संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
तरुण दलका नेता–कार्यकर्ताहरुले राष्ट्रपतिलाई पदीय मर्यादामा बस्नुपर्ने भन्दै नाराबाजी गरेको थिए । तरुण दलले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म राष्ट्रपति र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै खबरदारी र्याली गरेको थियो ।  

संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले आफूभन्दा अगाडि बोलेका काँग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति व्यांग्य गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुझावका रुपमा कुरा राख्छु । यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ  ।

नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो। ताली बज्यो । राम्रो बोल्नुभयो जस्तो लाग्यो । तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन । कान सुनिएन । अब मिडियाबाट थाह पाइएला ।’
देउवालाई लक्षित गरेर दिएको अभिव्यक्ति राष्ट्रपतिको पदीय मर्यादा विपरीत भएको भन्दै काँग्रेस कार्यकर्ताले समाजिक संजालमा पनि आक्रोश पोखेका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप