बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि मृत्युदण्डको सजाय दिनुपर्ने होकि भन्ने लाग्न थालेको छ: माधव नेपाल

आइतबार, ०५ असोज २०७६, १९ : ०१
आइतबार, ०५ असोज २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृत्यदण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन् ।

उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप