शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जितिया पर्वले सबैलाई मिलेर बस्नका लागि भूमिका खेलेको छ: उपप्रधानमन्त्री पोखरेल

आइतबार, ०५ असोज २०७६, १९ : १५
आइतबार, ०५ असोज २०७६

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

थारु समूदायको ठूलो पर्व जितिया पर्वको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेकले आफ्नो पहिचान जोगाउन पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने पनि बताए । उपप्रधानमन्त्री पोखरेलले सबैलाई मिलेर बस्न पनि जितिया पर्वले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले जातीय चाडपर्वहरुले नेपाली समाजलाई मिलेर बस्ने प्रेरणा दिइरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप