शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको ‘दशैं विथ एमआई’ मा आकर्षक अफर: एमआई ए३ सार्वजनिक हुने, स्मार्टफोनको खरिदमा २ हजार छुट

आइतबार, ०५ असोज २०७६, १९ : १५
आइतबार, ०५ असोज २०७६

काठमाडौं– शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । 

ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३, रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको आनन्द लिन सक्नेछन् । विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प हो र यी अफरहरु, दशैंको अवसरमा देशमा आनन्दमय वातावरण जोड्ने शाओमीको एउटा सानो पहल हो ।

एमआई फ्यानले रु १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३,९९९ र रु २७,९९९ मा उपलब्ध हुनेछ ।

रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था रहेको छ र यो अब रु १०,९९९ मा उपलब्ध हुनेछ । 

ग्राहकहरुले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी) तेसै गरि रेडमी वाई ३  (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा रु १००० छुटको मज्जा लिन सक्नेछन् ।यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ ।  

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमा दशैंको विशेष अफर प्रदान गरिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप