शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीका समाचार प्रमुख श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

आइतबार, ०५ असोज २०७६, २० : ५८
आइतबार, ०५ असोज २०७६

काठमाडौं – प्रेस काउन्सिल  नेपालले रातोपाटी डटकमका समाचार प्रमुख विधान श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ । 
प्रेस काउन्सिल नेपालले आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा सोमबार श्रेष्ठलाई पुरस्कृत गर्नेछ ।

मूल्यांकन मासिकबाट पत्रकारितामा प्रवेश गरेका श्रेष्ठ रातोपाटी डटकममा स्थापनाकालदेखि नै कार्यरत छन् । 

काउन्सिलले आइतबार एक प्रेस विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार युवा पत्रकारिता पुरस्कारबाटै मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिंकु मिश्र(गायत्री) पनि पुरस्कृत हुने भएका छन् । युवा पत्रकारिता पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ । 

यस्तै १ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्दबहादुर थापा पुरस्कृत हुने भएका छन् भने १ लाख ५ हजार राशिको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट डा सुरेश आचार्य पुरस्कृत हुने भएका छन् । 

यसैगरी प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सीतारामप्रसाद शर्मा कट्टेल, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । 

यसैगरी आचारसंहिता पुुरस्कार दैनिक नेपालगन्ज, भाषागत पत्रकारिता पुरस्कार मो हसन मिया तथा साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध पत्रिकाले पाएका छन् । पुरस्कारको राशि क्रमशः ५० र २०–२० हजार रुपैयाँ रहेको छ।  

यस्तै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठले पाउँदा कर्मचारी प्रोत्साहन पुरस्कार विपुल पाण्डेलाई दिने निर्णय भएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप