बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारको निर्णायक गोल, लियोन १–० गोलले पराजित

सोमबार, ०६ असोज २०७६, ०८ : ०१
सोमबार, ०६ असोज २०७६

एजेन्सी । सुपरस्टार नेयमारले निर्णायक गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सफलता हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसकै मैदानमा १–० गोलले हरायो ।

पीएसजीका लागि नेयमारले खेलको अन्तिम समयमा गोलगर्दै महत्वपूर्ण तीन अंक दिलाए । खेलमा लगातार गोलको मौका बनाएपछि पीएसजीलाई गोल गर्न अन्तिमसम्म कुर्नु परेको थियो । 

नेयमारले ८७औं मिनेटमा गोल गर्दै पीएसजीको जित पक्का बनाएका थिए । लिगमा अपराजित रहेको पीएसजी शीर्ष स्थानमा छ ।

पीएसजीले ६ खेलबाट १५ अंक बनाएको छ । आठ अंक बनाएको लियोन नवौं स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको एन्जर्सले सेन्ट इटिन्नेलाई ४–१ गोलले हरायो । 

जितसँगै एन्जर्सले ६ खेलबाट १२ अंक बनाएको छ । पाँच अंक बनाएको इटिन्ने १७औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप