शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीयताको विरोध मात्र समाधान होइन : नेता आचार्य

सोमबार, ०६ असोज २०७६, ११ : ०८
सोमबार, ०६ असोज २०७६

काठमाडौ– नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संघीयता कार्यान्वयनको पक्ष कमजोर भएकाले संघीय व्यवस्थाको आलोचना हुने गरेको बताएका छन् ।

नेता अचार्यले काँग्रेसको दोस्रो जागरण अभियान अन्र्तगत आफ्नै निवासमा आयोजित कार्यक्रममा संविधान अनुसार प्रदेशहरुलाई केन्द्र सरकारले अधिकार नदिएकाले पनि संघीय संरचनाहरुले प्रभावकारी काम गर्न नसकेको बताए ।

‘संघीयताका विषयमा आलोचना आउनुको कारणमध्ये एक संघीयता एकैचोटी कार्यान्वयनमा नआउनु हो । प्रदेशका अधिकारहरु नदिएर संघले नै चलाएको छ । प्रधानमन्त्रीको उत्साहजनक सहयोग छैन । तर पनि संरचना भएकाले केही काम भएका छन्’ आचार्यले भने, ‘अहिले ६ प्रदेशमा नेकपाकै सरकार छ । संघीयताको विरोध गरेर मात्र यसको समाधान हुँदैन । संविधानमा भएको कुरा लागु भएको छैन । यस कुराको नेतृत्व जनजागरण मार्फत् काँगे्रसले गर्नुपर्छ ।’

कार्यक्रममा ललिपुर काँग्रेस नेता चन्द्र महर्जन, प्राध्यापक इन्जिनियर हरिदर्शन श्रेष्ठ, प्राध्यापक टेकप्रसाद घिमिरे, प्राध्यापक हरि थपलिया, काठमाडौं महानगरपालिका वडा ५ का वडा अध्यक्ष रमेश डङ्गोेल र रामचन्द्र घिमिरेलगायतले काँग्रेसको जारी जागरणको कार्यक्रममा पुराना कुराहरु मात्र धेरै हुने गरेको भन्दै ७० प्रतिशत भन्दा बढी संविधानका कुरा गर्न जरुरी रहेको धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप