
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा सोमबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने उक्त अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो ।
चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग उपप्रमुख डा.बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका थिए । यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ