मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चीनले आफ्ना पत्रकारको सी जिनपिङ विचारधारा बारेको जानकारी जाँच्न परीक्षा लिँदै

सोमबार, ०६ असोज २०७६, १३ : १०
सोमबार, ०६ असोज २०७६

एजेन्सी । चिनियाँ पत्रकारले अब सी जिनपिङ विचारधाराबारे तिनको जानकारीको परीक्षा दिनुपर्नेछ । ‘सी जिनपिङ विचारधारा’ पछिल्लो समय देशको संविधानमै लिपिबद्ध गरिएको छ । 

अघिल्लो महिना एक दर्जन चिनियाँ सरकारी समाचार संस्थालाई देशको मिडिया नियमक संस्थाले यस सम्बन्धमा सूचना पठाएको छ ।

सुचनामा परीक्षाको तयारीको लागि सीको विचारधाराका समग्र पक्ष समेटेको एक एप ‘सी पढ्यौँ’ प्रयोग गर्न सुझाव दिइएको छ । 

कयैनले यो नियम चाँडै चीनका निजी समाचार संस्थाका पत्रकारमा पनि लागु हुने विश्वास गरेका छन् ।

ब्रिटिस मिडिया गार्जियनका अनुसार तीन चिनियाँ पत्रकारले आफू काम गर्ने संस्थामा सीसम्बन्धी एपमा दर्ता हुन अनौपचारिक सूचना आएको बताए ।

सो एपमा परीक्षामा उपयोगी सामाग्री मात्र होइन, केही पछि त्यसमा नमुना परीक्षापत्र पनि अपलोड गरिनेछ ।

‘माथिदेखि तलसम्मका पत्रकार यसबाट उम्कन सक्ने अवस्था छैन,’ पूर्वी शन्दोङका एक जना रिपोर्टरले बताए ।

यो परीक्षाका लागि पत्रकारहरु परीक्षा हलमा बसेर जाँच दिनुपर्नेछ । यो परीक्षा अक्टोबरको सुरुवाततिर हुँदैछ । चीनमा पछिल्लो समय पत्रकारमाथिको नियन्त्रण बढिरहेको समयमा यो खबर सार्वजनिक भएको हो ।

चीन पत्रकारको लागि विश्वको सबैभन्दा कम स्वतन्त्र राष्ट्र मानिन्छ । सन् २०१९ मा रिपोटर्स विथ आउट बोडर्सले सार्वजनिक गरेको सूचीअनुसार चीन १८० देशमध्ये १७७ औँ स्थानमा छ । सूचीमा स्वतन्त्रताको हिसाबमा चीनका पत्रकारभन्दा उत्तर कोरियाका पत्रकारमाथि छन् । 

विगतमा चिनियाँ पत्रकारले पत्रकारितासम्बन्धी प्रमाणपत्र हासिल गर्नको लागि ‘माक्र्सवादी पत्रकारिता आदर्श’ बारे परीक्षा दिनुपथ्र्यो । त्यस हिसाबले धेरैले नयाँ परिवर्तनलाई त्यति ठूलो मानेका छैनन् ।

परीक्षा राम्रो नभए पुनः एक पटकसम्म दोहो¥याएर दिन सकिनेछ । तर परीक्षा त्यति धेरै कठिन नहुने आशा गरिएको छ ।

चीनमा प्रत्यक पाँच वा ६ वर्षमा प्रेस कार्ड पुनःनवीकरण गर्नुपर्छ । नविकरण गराउँदाको अवस्थामा पुनः परीक्षा लिनु पर्ने हो या होइन भन्ने स्पष्ट गरिएको छैन ।

केही पत्रकारले नयाँ नियमको विरोध जनाएको भए पनि अन्यले भने यसलाई स्वभाविक लिएका छन् ।

‘चिनियाँ समाजले राजनीतिक अध्ययनलाई सुदृढ गर्नुपर्छ र सार्वजनिक धारणालाई सही दिशातर्फ अघि बढाउनुपर्छ । पश्चिमी मिडियाहरु पनि हेर्दा सबै कुरामा रिपोर्ट गरेको देखिन्छ तर तिनले पनि आफ्नो देशको विचारधारामा महत्व दिनुपर्छ,’ दक्षिण–पश्चीम प्रान्तका गुइझोउका एक रिपोर्टरले भने ।

द गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप