मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्कृष्ट अवार्ड लिन पुगेनन् विपिन र स्वस्तिमा

सोमबार, ०६ असोज २०७६, १३ : २०
सोमबार, ०६ असोज २०७६

काठमाडौं– पछिल्लो समय नेपालमा अवार्डको गरिमा गिर्दाेछ । सायद, त्यसैले पनि होला अवार्ड समारोहमा कलाकारको सहभागिता न्युन हुने गर्दछ । त्यति मात्र कहाँ हो र ? उत्कृष्ट अवार्ड पाउने कलाकार समेत कार्यक्रममा सहभागी हुन छाडेका छन् । 

यसको जल्दोबल्दो उदाहरण हालै सम्पन्न ‘टुबोर्ग इमेज अवार्ड’ को २१ औं संस्करणलाई लिन सकिन्छ । शनिबार होटल सोल्टी क्राउनमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट पुरस्कार पाउने अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का दुबै अनुपस्थित थिए ।

समारोहमा फिल्म ‘गोपी’ बाट विपिन सर्वोत्कृष्ट अभिनेता घोषित हुँदा स्वस्तिमा ‘बुलबुल’ अभिनयबाट सर्वोत्कृष्ट ठहरिएकी थिइन् । स्वस्तिमा होलिडे मनाउन म्यानमार र विपिन फिल्म ‘सेल्फी किङ’ को छायाँकनका लागि सोलुखुम्बुमा रहेकोले पनि सहभागी हुन नसकेका होलान् । तर कार्यक्रममा दुबै अनुपस्थित हुँदा आयोजक मात्र होइन, दर्शकले पनि निकै खल्लो महसुस गरे । 

अभिनेत्री स्वस्तिमाले विदेश भएपनि ‘इमेज अवार्ड’ मा उत्कृष्ट भएको खुसी सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् ।  विपिनले भने केही प्रतिक्रिया जनाएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप