शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर

सोमबार, ०६ असोज २०७६, १५ : ३३
सोमबार, ०६ असोज २०७६

जनकपुर– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः  महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बनेका यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वभावना पार्टी, मधेसी जनधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टीको संयुक्त मोर्चाले पार्टीकरण भएपछि नवगठित राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई चयन गरेको थियो ।

करिब साढे ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको सो पार्टीले प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा  सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप