मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोड शेयर सम्झौता

सोमबार, ०६ असोज २०७६, १५ : ४५
सोमबार, ०६ असोज २०७६

दोहा– कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ । 

यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो ।  

यस सम्झौता पश्चात् अब चाइना साउदर्न् एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् । कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो । 

हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप