बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले ल्यायो ४८ मेगापिक्चल सहितको उत्कृष्ट ए सेरिजको नयाँ फोन

सोमबार, ०६ असोज २०७६, १६ : ४१
सोमबार, ०६ असोज २०७६

काठमाडौं– विश्व प्रसिद्ध मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा दुई वटा नयाँ स्मार्ट फोन ल्याएको छ । सोमबार राधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ए सेरिजका नयाँ मोडलहरु ‘ओपो ए–नाईन २०२०’ र ‘ए–फाइभ २०२०’ सार्वजनिक गरेको हो ।

ओपोले ए सेरिजमाअहिले सम्मकै उत्कृष्ट अधिकतम ४८ मेगापिक्चलको क्यामेरा सहित ए–नाईन उपलब्ध गराएको छ । चारवटा क्यामेरासहित उपलब्ध यो फोनमा ८ मेगापिक्चल अल्ट्रा–वाईड लेन्स, दुई मेगापिक्चलको मोनो लेन्स र दुई मेगापिक्चलकै प्रोटेड लेन्समा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै ए–फाइभमा समेत बहुआयामिक १२ मेगापिक्चलको क्यामेरासहित २.० अल्ट्रा नाइट मोडमा उपलब्ध गराइएको छ । त्यस्तै यी मोडलहरुमा थ्री डि कन्सेप्टको भिडियो क्यामेरा समेत उपलब्ध गराएको ओपोले जानकारी दिएको छ । 

ओपोद्धारा सार्वजनिक यी दुई ए सेरिजका फोनहरुमा उच्च टेक्नोलोजिमा विशिष्ट फिचर्सहरुको साथमा उपलब्ध गराइएको कम्पनीको भनाई छ । नयाँ ए सेरिजका फोनहरु उत्कृष्ट क्यामेरा, फराकिलो र क्लियर स्कृन डिस्प्ले, उच्च ब्याट्री क्षमता र स्मार्ट मोडलमा ल्याएको कम्पनीको दाबी छ । 

ओपो ए–नाईन २०२०, ८ जीबी ¥याम र १२८ जीबी रोममा आएको छ भने, ए–फाईभ ४ जीबी ¥याम र १२८ जीबी रोममा उपलब्ध गराइएको छ ।  ६.५ ईन्चको डिस्प्लेमा उपलब्ध यी फोनहरुमा अधिकतम ५ हजार एमएएचको पावरयुक्त व्याट्री प्रयोग गरिएको छ । जसले फोनको प्रयोग लामो समय सम्म निर्धक्क प्रयोग गर्न सकिने कम्पनीको भनाई छ । 

मरिन ग्रिन र स्पेस पर्पल दुई कलरमा उपलब्ध रहेको ए–नाईनको बजार मूल्य ३५ हजार ९ सय ९० र मिरर ब्ल्याक र ड्जेलिङ्ग ह्वाईट दुई कलरमा उपलब्ध रहेको ए–फाईभको मूल्य २७ हजार ९ सय ९० नेपाली रुपैयाँ कायम गरिएको कम्पनीले बताएको छ । 

ओपो ए–नाईन अक्टुवर फस्ट र ए–फाईभ सेप्टेम्बर २४ देखि नै बजारमा उपलब्ध रहने समेत कम्पनीले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप