विश्व प्रसिद्द नम्बर वान टायर ‘मिचिलियन’ नेपाली बजारमा
काठमाडौैं– विश्व प्रसिद्द टायर ब्राण्ड मिसिलियनले नेपाली बजारमा औपचारिक कारोबार सुरु गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिसिलियनका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ब्राण्डको औपचारिक उद्घाटन गरेको हो ।
विगत तीन वर्षदेखि मिसिलियन टायरको कारोबार गर्दै आइरहे पनि कम्पनीले भर्खर मात्र ब्राण्डको औपचारिक रुपमा सार्वजनिक गरेको होे । फ्रान्सेली ब्राण्ड मिसिलियनलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । सन् १८८९ मा फ्रान्सबाट उत्पादन थालेको मिसिलियनले हाल भारतमा समेत अर्को कम्पनीसँगको साझेदारीमा प्लान्ट स्थापना गरी टायर उत्पादन गरिरहेको छ । शुरुमा सामान्य साईकलको टायरबाट उत्पादन थालेको मिसिलियनले अहिले बस, कार जिपदेखि हवाई जहाज सम्मको टायर उत्पादन गरिरहेको छ ।
ब्राण्ड सार्वजनिक गर्दै मिचिलियनका लागि भारतका सार्स जनरल म्यानेजर प्रदिप थार्वेले विश्वको उत्कृष्ट्र ब्राण्ड मिसिलियनलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । ‘गुणस्तर, किफायती र सुरक्षा तीनै कुराले पूर्ण मिसिलियनलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ । यो टायर नेपाली बाटो र माटो सुहाउँदो छ । जुन तीन वर्षको परिक्षणले प्रमाणित गरिसकेको छ ।’ थार्वेले भने, ‘मिचिलियनले अझ नेपालीहरुको मन जित्नेमा ढुक्क छौं ।’
ब्राण्ड सार्वजनिक गर्दै सिप्रदीका सिईओ राजन बाबु श्रेष्ठले विश्वकै नम्बर वान ब्राण्ड भएकोले प्रयोगकर्ताहरुले मिसिलियनलाई नै रोज्ने विश्वास व्यक्त गरे । ‘हामीले विश्व उत्कृष्ट ब्राण्डको टायरलाई नेपाली बजारमा ल्याएको छौं । यसले गुणस्तरीय र सुरक्षित टायर चाहनेको आवश्यकता पूरा गर्ने छ ।’ श्रेष्ठले भने, ‘ब्राण्डको उत्कृष्टताका हिसाबले समेत मिसिलियन बहुउपभोगी र सस्तो रहेको छ । जुन गूण र विशेषता अन्य टायरमा पाईदैन ।’
हाल सिप्रदीले देशैभरका आफ्ना डिलर तथा रिटेलरहरु मार्फत मिसिलियन टायर विक्रि वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि बीपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो