बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘टाट पल्टिन’ लागेको भनिएको निगममा ५० प्रतिशत छुट कति व्यावहारिक ?

निगम भन्छ : हामी नाफामै छौँ, छुटले धेरै समस्या ल्याउँदैन
बुधबार, ०८ असोज २०७६, १२ : ००
बुधबार, ०८ असोज २०७६

काठमाडौँ । यतिखेर हवाई (वायुसेवा) भाडामा ५० प्रतिशत छुटको विषयले निकै चर्चा पाइरहेको छ । गत हप्तामा मात्र नेपाल वायुसेवा निगम (एनएसी)ले ७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेसँगै यो विषयले थप चर्चा पाएको छ ।

पूर्वसंस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको पदमा योगेश भट्टराईको पद बहाली भएसँगै यस्तो घोषणा गरिएको थियो । मन्त्री भट्टराईले गत भदौ १० गते पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । मन्त्रीको यो घोषणा चर्चित त भयो, सँगसँगै यो विषय थप पेचिलोसमेत बन्दै गएको छ ।

‘नयाँ ड्राइभरले हर्न धेरै बजाउँछ’ भनेझैँ, भट्टराईको हवाई भाडामा ५० प्रतिशतको छुट दिने घोषणा पनि त्यस्तै भएको विज्ञहरूको भनाइ छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा भट्टराईको इन्ट्रीसँगै सस्तो लोकप्रियताकै लागि मन्त्रीले ५० प्रतिशत छुटको हुङ्कार दिएको निजी वायुसेवा कम्पनीको आरोप छ । मन्त्रीको यस किसिमको घोषणा निजी कम्पनीहरूका लागि बाध्यकारी नभएको वायुसेवा सञ्चालक सङ्घ, नेपालको भनाइ छ । तर कतिसम्म लचकता अपनाउन सकिन्छ, त्यसका लागि छलफल भइरहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई बताए ।

‘सवारी साधनमा जस्तो कोटा वा आरक्षण छुट्याएर वायुसेवामा उडान भर्न सक्ने अवस्था रहँदैन । तर हामीले पनि सामाजिक उत्तरदायित्व र जिम्मेवारीबाट भाग्न भने मिल्दैन । ५० प्रतिशको छुट दिन सक्ने वा नसक्नेमा हामी गृहकार्यमा जुटिरहेका छौँ,’ कँडेलले भने, ‘राज्यको नीतिमा हाम्रो पनि साथ र ऐक्याबद्धता रहन्छ तर धान्नेसम्म जति मात्रै ।’

*****

एकातर्फ निगम निरन्तर घाटामा जानु र अर्कोतर्फ छुट नै छुट दिइरहँदा कम्पनीको भविष्य के हुने भन्ने प्रश्न उठिरहेको छ । यस विषयमा निगम भने संस्था पहिले जस्तो घाटामा नरहेको तर फाइदा भने धेरै गर्न नसकेको बताउँछ । निगमका सहप्रवक्ता सुलेख मिश्रले निगमको ऋण करिब ४० अर्ब रहेको तर संस्थाले नाफा कमाइरहेको बताए ।

*****

सामाजिक उत्तरदायित्वमा निगम 

नेपाल वायुसेवा निगम सरकारी स्वामित्वकै संस्थान भएकाले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने निगमका प्रवक्ता गणेशबहादुर चन्द बताउँछन् । राज्यको नागरिकप्रतिको दायित्व नाफा–घाटा नहेरी सेवा पुर्याउनुरहेको उनको भनाइ छ ।

निगमका प्रवक्ता चन्द भन्छन्, ‘नेपाल वायुसेवा निगमले पहिलेदेखि नै सेवा भाव राख्दै आएको छ । कम्पनीको नाफा घाटा नहेरी निगमले नागरिकको सेवामा सुगममा मात्र नभई दुर्गममा समेत सेवा पुर्याइरहेको छ । अझ अपाङ्ग, अशक्त र क्यान्सर पीडितलाई शतप्रतिशतसम्मको छुटमा सेवा प्रदान गरिरहेको हो । निगमले क्यान्सर रोगीका लागि टिकटका आधारमा हवाई भाडामा १०० प्रतिशत छुट दिइरहेको छ । अहिले ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि ५० प्रतिशतको छुट दिने घोषणा गरिएको छ । हामी यसलाई पनि प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान्छौँ ।’

‘जहाँसम्म खर्चको व्यवस्थापनको कुरा हो, त्यो हामीले अन्तर्राष्ट्रिय उडानबाट पूर्ति गर्ने नीति हो । तर उता (अन्तर्राष्ट्रिय उडानमा) पनि करिब करिब निगम घाटाकै अवस्थामा छ । आन्तरिक (डोमेस्टिक) उडानमा मात्र ५० प्रतिशतको छुट भएकाले त्यस्तो धेरै समस्या नआउने प्रवक्ता चन्दको भनाइ छ । त्यसमा पनि अधिकांश उडान तराई क्षेत्रमा मात्र हुने हुँदा खर्च व्यवस्थापन गर्न कठिन नहुने हाम्रो अनुमान छ’, प्रवक्ता चन्दले भने ।


एकातर्फ निगम निरन्तर घाटामा जानु र अर्कोतर्फ छुट नै छुट दिइरहँदा कम्पनीको भविष्य के हुने भन्ने प्रश्न उठिरहेको छ । यस विषयमा निगम भने संस्था पहिले जस्तो घाटामा नरहेको तर फाइदा भने धेरै गर्न नसकेको बताउँछ । निगमका सहप्रवक्ता सुलेख मिश्रले निगमको ऋण करिब ४० अर्ब रहेको तर संस्थाले नाफा कमाइरहेको बताए ।

‘निगम पूरै घाटा गएको भन्ने हल्ला गलत हो । ठूलो नाफामा जान नसके पनि निगम सामान्य फाइदामा नै छ ।’ उनले भने, ‘अर्बमा जान नसके पनि निगम करोडको फाइदामै छ । यसैका आधारमा सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा निगमले ५० प्रतिशतको छुट योजना अघि सारेको हो ।’

हाल निगमले ४ अन्तर्राष्ट्रिय र ४ वटा आन्तरिक गरी जम्मा ८ वटा विमानबाट उडान भरिरहेको छ । आन्तरिकतर्फ ठूला जहाजका ४ सिफ्ट र साना जहाजका २ सिफ्ट गरी दैनिक ६ सिफ्टमा डोमेस्टिक उडानको व्यवस्था गरेको निगमले जनाएको छ ।

*****

नेपाल वायुसेवा निगमसमेत सदस्य रहेको वायुसेवा प्रदायक कम्पनीहरूको छाता सङ्घठन ‘वायुसेवा सञ्चालक सङ्घ, नेपाल’ले नै यस विषयमा अनौपचारिक रूपमा असहमति जनाइसकेको छ । तर पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको घोषणाले व्यवसायीहरू दबाबमा भने परेको देखिन्छ ।

*****

निजी कम्पनीहरू छुट दिन तयार भएनन्

सरकारले नीतिकै रूपमा लिएको ७० कटेकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था निजी वायु सेवा प्रदायक कम्पनी भने मान्न तयार देखिएका छैनन् । सरकारले बिना तयारी हतारमा निर्णय गरेकाले तत्कालका लागि सो व्यवस्था स्वीकार गर्न नसकिने निजी वायुसेवा कम्पनीहरू बताउँछन् ।

नेपाल वायुसेवा निगमसमेत सदस्य रहेको वायुसेवा प्रदायक कम्पनीहरूको छाता सङ्घठन ‘वायुसेवा सञ्चालक सङ्घ, नेपाल’ले नै यस विषयमा अनौपचारिक रूपमा असहमति जनाइसकेको छ । तर पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको घोषणाले व्यवसायीहरू दबाबमा भने परेको देखिन्छ ।

५० प्रतिशत नै नभए पनि कति के गर्न सकिन्छ, त्यसको गृहकार्यमा जुटेको सङ्घले रातोपाटीलाई जानकारी दिएको छ । ५० प्रतिशत नै छुट दिँदा खर्च धान्न नसक्ने भन्दै व्यवसायीहरूले यसलाई मान्न नसकिने बताएका हुन् ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने ५० प्रतिशत छुट नीतिको स्वागत गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निगमको घोषणा स्वागत तथा तारिफ योग्य रहेको क्यानका प्रवक्ता त्रिलोचन पौडेलले बताए । तर छुट दिन सक्ने नसक्ने वा नाफा घाटाको विषय विशुद्ध वायुसेवा प्रदायक कम्पनीको विषय रहेको उनको भनाइ छ । यसमा क्यानको कुनै सरोकार नभएको उनले बताए । तर वायु सेवा प्रदायकले हवाई भाडामा छुट दिए पनि एअरपोर्ट सर्भिस् चार्ज भन तिर्नैपर्ने क्यानले बताएको छ ।

आन्तरिक उडानका लागि नेपाली यात्रुले प्रतिव्यक्ति २ सय रुपैयाँ एयरपोर्ट ट्याक्स तिर्नुपर्नेछ ।

श्री एअरले ८५ कटेकालाई ५ सयमा उडाउने

सरकारको ५० प्रतिशत छुटको नीतिलाई निजी कम्पनीको श्री एयरलाइन्सले आंशिक रूपमा भने पनि कार्यान्वयन गर्ने भएको छ । पछि के–कसरी जाने स्पष्ट नीति नदिए पनि कम्पनीले दसैँ, तिहार र छठकै लागि भनेर आफ्ना सेवाग्राहीहरूमा ७० माथिकालाई ५० प्रतिशत र ८५ माथिकालाई जम्मा ५ सय रूपैयामै उडान भर्ने जानकारी दिएको छ । त्यस्तै कम्पनी ६५ माथिकालाई समेत २५ प्रतिशत छुटको व्यवस्था गरेको कम्पनी बताएको छ । तर यो शुल्क एअरपोर्ट ट्याक्स बाहेकको शुल्क रहेको एयरलाइन्सले जनाएको छ । श्रीले दिएको छुट, हवाई भाडाका लागि मात्रै हो ।

चाडबाडलाई लक्षित गर्दै श्रीले घटस्थापनाको दिन भदौ १२ देखि यस्तो छुट दिन लागेको हो । तर यो भाडामा छुट पाउन उमेर खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप