बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युरोप उपसंयोजकमा मुक्तबहादुर गुरुङको उम्मेदवारी

बुधबार, ०८ असोज २०७६, १२ : ३०
बुधबार, ०८ असोज २०७६

स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदै दाबेदारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम धमाधम चलिरहेको छ । यसैक्रममा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका लागि स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

 एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले स्पेनबासीको माग र चाहनाअनुरुप आफूले उम्मेदवारी दिने निर्णय लिएको बताए । 

एनआरएन आईसीसी (२०१७–०१९) सदस्य समेत रहेका उनी एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् । 

स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा गुरुङले एनआरएनए स्पेन अध्यक्ष पदमा रहँदा आवश्यक प्रवन्ध मिलाएको बार्सिलोनामा लामो समयदेखि बस्दै आएका समाजसेवी  राज खनालले बताए । 

सन् २००७ देखि एनआरएनमा सक्रिय गुरुङको समेत स्पेनमा नेपाली दूतावास स्थापनामा महत्वपूर्ण योगदान रहेको बताइन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप