शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की

बुधबार, ०८ असोज २०७६, १५ : २७
बुधबार, ०८ असोज २०७६

एजेन्सी– बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।   पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् । 

यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो थियो । आगामी डिसेम्बर २७मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ ।

सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो । 

सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।’ 

यो पोस्ट भाइरल भएपछि प्रहरीले यस मामिलामा जाँच सुरु गरेको थियो । जोधपुर डीसीपी धर्मेन्द्र यादवले कुनै सेलिब्रेटीलाई अदालतमा पेश गर्ने बेला पूर्ण सुरक्षा दिने बताए ।  खासमा कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप