विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने
बुधबार, ०८ असोज २०७६, १८ : ४७
काठमाडौं– ‘विश्व मुटु दिवस २०१९’ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि विशेष विशेष प्रशिक्षण दिने भएको छ ।
हस्पिटलले मुटुरोगीहरुका लागि खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको छ ।
तालिम प्रदायक टोलीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ छन् । इच्छुक व्यक्तिहरुले कार्यक्रममा भाग लिन सक्ने हस्पिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति