शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘डिस्कभरी अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ मा पाँच सय वर्षको इतिहास समेटिने

बुधबार, ०८ असोज २०७६, १८ : ४८
बुधबार, ०८ असोज २०७६

काठमाण्डौ – सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय वर्षअघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् । 

करिब पाँच सय वर्षअघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा  पुस्तकमा स(बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए । 

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरीअफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो एेतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् ।

लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा भ्रमण गरेका थिए । 

मल्ल शासन काल यता करिब पाँच सय वर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापीत रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् । 

लेखकले पुस्तक ‘डिस्कभरी अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप