शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खाल्टोमा डुबेर बालकको मृत्यु

बुधबार, ०८ असोज २०७६, १९ : २७
बुधबार, ०८ असोज २०७६

बर्दिवास – महोत्तरीमा बुधवार दिउसो पानी जमेको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ९ घर भएका ईनरजित यादवका ३ वर्षीय छोरा सर्वेश यादव रहेका छन् ।

यादव बुधवार दिउसो आफ्नो घर नजिकै पुर्व पट्टीको खेतमा खेल्न गएका थिए खेतमा खेल्ने क्रममा नजिकैको खाल्टोमा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताइएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप