शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन हप्ता अघिमात्रै अमेरिका गएका नेपालीको दुर्घटनामा मृत्यु

बिहीबार, ०९ असोज २०७६, ०९ : ४५
बिहीबार, ०९ असोज २०७६

तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।

बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो । बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ ।

श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार भइरहेको छ ।

विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए ।

केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोगको घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप