बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड पीडित मुस्कान खातुनलाई वरुण धवनले पठाए भिडियो मेसेज, कृति सेननद्वारा भिडियोकल

बिहीबार, ०९ असोज २०७६, १० : २९
बिहीबार, ०९ असोज २०७६

प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एसिड छ्यापिएकी १५ वर्षे मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो मेसेज पठाएका छन् ।

यसका साथै, बलिउड नायिका कृति सेननले मुस्कानसँग भिडियोमार्फत् कुराकानी गरेकी छिन् ।

वरुणले आफूलाई कृति सेननमार्फत् मुस्कानबारे थाहा भएको बताएका छन् । उनले मुस्कानका लागि बनाएको ४५ सेकेन्डको भिडियोमा भनेका छन्, ‘हे, मुस्कान तपाईंलाई कस्तो छ ? यो भिडियोमार्फत्, म तपाईंलाई यो भन्न चाहन्छु भने तपाईंले निकै राम्रो काम गरिरहनुभएको छ । बस्, आराम गरिरहनुहोस् र चाँडै निको हुनुहोस् । तपाईं चाँडै नै स्वस्थ हुँदै हुनुहुन्छ । म तपाईं पुनः स्कूल गएको हेर्न चाहन्छु । पढ्ने जुन तपाईंको तीब्र इच्छा छ, त्यो पछ्याउन आग्रह गर्छु । कृपया, निकै राम्रोसँग पढ्नुहोस्, निकै मेहनत गर्नुहोस् र आफ्नो अभिभावकलाई गौरवान्वित बनाउनुहोस् । कृपया तन्दरुस्त र स्वस्थ हुनुहोस् । तपाईंले मलाई आएर आमनेसामने भेट्ने कोसिस गर्नुहोला । मेरो तर्फबाट धेरैभन्दा धेरै माया ।’

भारतीय निर्देशक जुनैद मेमोनले कृति सेननले मुस्कानसँग गरेको भिडियो कल सार्वजनिक गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘मेहबुब स्टुडियोबाट कृति सेननले उनलाई भिडियोकल गरिरहेकी छिन् भनेर मुस्कानलाई थाहा भएपछिको उनको प्रतिक्रिया अमुल्य छ । उनको जीवनमा नयाँ ऊर्जा सुचारु भएको थियो, आफूलाई मनपर्ने नायिकाले भिडियो कलमार्फत् उनीसँग कुरा गरिरहेको देखेपछि उनी बेडबाट झण्डै हाम फाल्ने तयारीमा थिइन् ।’

यस्तै जुनैदले वरुणको भिडियो मेसेज पनि सेयर गरेर लेखेका छन्, ‘कृति सेननमार्फत् आफ्नो डाइहार्ड फ्यानबारे थाहा पाएपछि वरुणले तत्काल भिडियो बनाएर मुस्कानलाई पठाए । त्यो मनोभाव बयान गर्न सकिँदैन । ती बालिकाले नयाँ जीवन पाएकी छिन् । उनी पुनः बाँच्न चाहन्छिन् र चाँडै नै वरुणलाई भेट्ने आशामा छिन् । तिमीहरुको यस्तो व्यवहारका लागि धन्यवाद ।’

मुस्कानमाथि भदौ २० गते बिहानै दुई युवकले एसिड प्रहार गरेका थिए । एसिडका कारण उनको दाहिने गाला, छाती र हात जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप