शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आधारशिविरको सफल यात्रा गरी फर्किए रञ्जित

बिहीबार, ०९ असोज २०७६, १२ : ०७
बिहीबार, ०९ असोज २०७६

जनकपुर– जनकपुरका रञ्जित साहले नेपालको झण्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधार शिविरको सफल यात्रा पूरा गरेका छन् । 
तेश्रो मधेश आन्दोलनको क्रममा तराई मधेशमा ६ महिना लामो नाकाबन्दी भएपछि उनले  हिमाल, पहाड र तराईबीचको सद्भावको लागि भन्दै साइकल यात्रा थालेका थिए । सोही क्रममा यो पटक उनले सगरमाथाको आधार शिविरसम्म साइलक यात्रा गरेका हुन् । 
जनकपुरधामको बसपार्क स्थित जिरो माइलमा उनको पान पसल छ । उनी वर्षमा ११ महिना पान बेच्छन् भने एक महिनाका लागि साइकल यात्रामा निस्कने गरेका छन् । 
साइकल लिएर भदाँ ५ मा जनकपुरधामबाट निस्केका उनी भदौ २७ मा आधारशिविर र भदौँ २८ गते कालापत्थर पुगेका थिए ।

रञ्जितले यात्राको क्रममा भोगेका घटनाहरु सम्झिँदै भने ‘यसपालिको यात्रामा मौसमले अत्यन्तै साथ दियो । म प्लास्टिकको सामान्य जुत्ता आकारको चप्पलमै आधारशिविर र कालापत्थर पुगेँ ।’
 उनले थपे, ‘यात्राको क्रममा बाटोमा भेटिएका स्थानीयवासी, होटलवाल, सरकारी निकायका कर्मचारी सबैले सहयोग गर्नुभो । म सबैप्रति आभार व्यक्त गर्दछु ।’

अब उनले आगामी वसन्त ऋतुमा साइकल बोकेरै सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप