शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिनिता बरालले ‘सरप्राइज’ भन्दै गर्भवती भएको दिइन् जानकारी

बिहीबार, ०९ असोज २०७६, १२ : ३९
बिहीबार, ०९ असोज २०७६

करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् ।


उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’

बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् । पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप