शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङ्ग ग्यालेक्सी ए१०एस नेपाली बजारमा, यस्ता छन् विशेषता

शुक्रबार, १० असोज २०७६, १४ : १५
शुक्रबार, १० असोज २०७६

काठमाडौं– नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्ट फोन ब्राण्ड सामसङ्गले हालै ग्यालेक्सी ए१०एस नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो । 

ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ, जुन प्रयोगकर्ताको अनुभवलाई अझ बढी समुन्नत बनाउनको लागि डिजाइन गरिएको छ । 

ग्यालेक्सी ए१०एस मा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन्, जसले गर्दा ग्राहकलाई अतुलनीय अनुभव प्रदान गर्ने छ । 

आइ एम बिजका प्रमुख प्रणय रत्न स्थापितलले ग्लोबल टेक्नोलोजी लिडरका रुपमा ग्राहकहरुका लागि अझ बढी उपयोगी नवीन आविष्कारहरु प्रदान गर्न सदैव समर्पित रहदैं आएको बताए ।

ग्यालेक्सी ए१०एस उत्कृष्ट डिस्प्ले, शानदान क्यामरा, धेरै समयसम्म टिकाऊ हुने ब्याट्री तथा अझै धेरै सुरक्षा चाहने नेपाली मिलेनियल्सहरुका लागि बनाइएको हो । र, यो फोन वास्तवमै शानदार लुक्स र उत्कृष्ट कार्यक्षमतायुक्त फोन भएको उनले बताए ।

रोचक भिज्युअल अनुभव तथा शक्तिशाली व्याट्री

नयाँ ग्यालेक्सी ए१०एस मा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिङमा मद्दत गर्दछ । 
 
कुनै पनि क्षणबाट नचुक्नुहोस्
 
मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । 

ग्यालेक्सी ए१०एसको ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ । त्यसै कारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नुहुन्छ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । 

ग्यालेक्सी ए१०एसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएकोछ जसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिन्छ । ग्यालेक्सी ए१०एस एक उच्चस्तरीय मल्टीटास्कर हो । 

मल्टिटास्किङ्गको लागि यसमा अक्टाकोर प्रोसेसर राखिएको छ । ग्यालेक्सी ए१०एसमा अधिक सेक्युरिटिज सुविधाहरु जस्तैः पिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलग रहेको छ । ग्यालेक्सी ए१०एसमा २जीवी र ३२ जीवीमा उपलब्ध छ । 
 
सामसङ्ग ग्यालेक्सी ए१०एस यही असोज महिनाको ६ गतेदेखि नेपाल अधिराज्यभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ । यसको खरिद मूल्य रु. १६ हजार ७ सय ९० तोकिएको छ ।

यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप