शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७ हजार घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार अख्तियारको फन्दामा

शनिबार, ११ असोज २०७६, १२ : ३३
शनिबार, ११ असोज २०७६

परासी । पश्चिम नवलपरासीबाट ७ हजार रूपैयाँ घुससहित सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् । 

घुमुवाको रूपमा काम गर्दै आएका सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कायर्रत सहायक हवल्दार ज्ञानेन्द्र मौर्यालाइ अख्तियार दुरूप्योग अनुसन्धान आयोग कार्यालय बुटवलले ७ हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । 

सहायक हवल्दार मार्या एक व्यपारीसँग अवैध रूपमा ७ हजार रूपैयाँ घुस रकम लिदै गर्दा उनी रंगे हात पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ । 

व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याउन सहयोग गर्ने भनी मौर्याले व्यपारीसँग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो । 

सो उजुरी अनुसार अख्तियारले शुक्रबार दिउँसो मौर्यालाइ व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ । रकम दिने व्यपारीको नाम गोप्य राखिएको छ । 

सहायक हवल्दार मौर्याले व्यापारीसँग पटक पटक रकम मागेर हैरान गरेपछि अख्तियारबाट खटिएको टोलीले उनलाई गोपीगञ्जमा पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप