शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका जिल्ला नेता पन्थीले

शनिबार, ११ असोज २०७६, १६ : ०६
शनिबार, ११ असोज २०७६

 गुल्मी । नेपाली काँग्रेस गुल्मीका  जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले  आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा  खर्चिएका छन् । 

   पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र  त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर  बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप