बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नियोग उपप्रमुख धितालको युएईमा स्वागत

शनिबार, ११ असोज २०७६, १६ : १९
शनिबार, ११ असोज २०७६

युएई । नेपाली राजदुतावास युएईका लागि नवनियुक्त नियोग उपप्रमुख  रीता धिताललाई युएईमा स्वागत गरिएको छ।

नवनिर्वाचित नेपाली समाज युएईको पदाधिकारीहरुलाई सपथ खुवाउने कार्यक्रमको अवसरमा नेपाली समाज युएईले शुक्रबार धितालसँगै द्दितिय सचिव भुवन प्रसाद ओझा, तृतीय सचिव राम बिनय राय यादवलाई  स्वागत गरिएको हो ।

नियोग उपप्रमुख सागर प्रासद फुयालको सरुवासँगै रिक्त पदमा रीता धिताल र आफ्नो कार्यकाल समाप्त गरेर नेपाल फर्किएकी द्दितिय सचिव विष्णु अधिकारीको रिक्त पदमा भुवन प्रसाद ओझा नियुक्त भएका हुन् ।

करिब २ लाख ५० हजार नेपालीहरु रहेको युएईमा समस्यामा परेका कामदारहरुको समस्या समाधान गर्न सुझाव दिँदै नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनालले अन्य संस्थाहरुले स्वागत जस्तै गरी विदाई गरेको हेर्ने धोको रहेको बताए ।

नेपाली समाज युएईका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाले युएईमा दूतावास स्थापना हुनुभन्दा पहिलेदेखि नै शुरु भएको नेपाली समाज युएईले दूतावासको काम गरेको र सदैव दूतावाससग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

नवनिर्वाचित नेपाली समाज युएईका कार्यसमितिलाई बधाई दिँदै  युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले तपाईंहरुमाथि जिम्मेवारी थपिएको बताए । ‘सामाजिक काममा अगाडि बढ्नुस, राम्रा कामको लागि दूतावास तपाईंहरुकै पक्षमा सँगै मिलेर काम गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप