शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष

शनिबार, ११ असोज २०७६, १६ : ४७
शनिबार, ११ असोज २०७६

ओखलढुंगा । दशै, तिहार जस्ता चाडपर्व नजिकिएसँगै ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 

जिल्ला सदरमुकामको रमाईलोडाँडा र मानेभज्याङ गाउँपालिकाको हर्कपुरमा नागरिकको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी पोष्टको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको ओखलढुंगा ट्राफिक प्रहरी ईन्चार्ज पदम प्रसाद भटट्राईले बताए । १८ घन्टा निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने भट्टराईको भनाई छ ।

 यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर र समस्यामा परेका यात्रुलाई सहयोग गरी गन्तव्यसम्म पु¥याउन सहायता कक्षाले सहयोग गर्नेछ। सवारी चालकहरुले ट्राफिक नियम बिपरित सवारीसाधन सञ्चालन गरको तथा यात्रुलाई दुख दिएमा समेत यात्रु सहायता कक्षामा जानकारी दिन सक्ने प्रहरीले जनाएको छ ।

सबैको सुरक्षित यात्राका लागि यातायात व्यवसायीहरुले पनि प्रहरीसंगको समन्वयमा सवारीसाधन सञ्चालन गर्नेछन् । चाडबाडमा सवारीसाधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरिने प्रहरीले बताएको छ। जिल्ला प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधनका चालक र सहचालकलाई जिम्मेवार बनाउन चाडपर्वमा बिशेष सवारी योजना समेत  सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप