बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१९७४ एडीको नयाँ गीत, म्युजिक भिडियोसहित सार्वजनिक

आइतबार, १२ असोज २०७६, ०९ : ०३
आइतबार, १२ असोज २०७६

नेपालको सर्वाधिक चर्चित ब्यान्ड १९७४ एडीको नयाँ गीत, म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

आइतबार बिहान १९७४ एडीको आधिकारिक युट्युब अकाउन्टबाट ‘मान्छेको जीवन’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा फिरोज स्याङ्देन र एड्रियन प्रधान दुबैको स्वर रहेको छ ।

११ वर्षपछि ब्यान्ड पुनर्मिलन भएपछिको यो पहिलो म्युजिक भिडियो हो जसलाई प्रशंसकले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए ।

भिडियो प्रिमियर भएको ४५ मिनेटभित्र हजार बढी भ्यू भइसकेको छ भने ४० बढी कमेन्ट आइसकेका छन् ।

कमेन्टमा धेरैले गीतको अत्यधिक प्रशंसा गरिरहेका छन् ।

बिक्सन बिकेश नामका प्रशंसकले ‘गीत अत्यधिक उत्कृष्ट, मेलोडीयुक्त, क्लासिक र रकिङ बताएका छन् ।’ प्रशंसकहरुको सकारात्मक कमेन्टका लागि पनि उनले खुसी व्यक्त गरेका छन् ।

यस्तै, राजु गुरुङ नामका अर्का प्रशंसकले लेखेका छन्, ‘यसका लागि धेरै लामो प्रतिक्षाा गरेँ । धन्यवाद ।’

सुनिल असाइलम नाम भएको युट्युब अकाउन्टबाट लेखिएको छ, ‘लेजेन्ड फिर्ता भएका छन् ।’

साथै, राजा अहमदले लेखेका छन्, ‘वाह ! यो उत्कृष्ट गीत हो, जसलाई हामी लामो समयदेखि मिस गरिरहेका थियौं । धन्यवाद १९७४ एडी, हामीलाई यति राम्रो गीत प्रदान गरिदिनुभएकोमा ।’

यस्तै शिव खनालले कमेन्ट गरेका छन्, ‘कट्टु लगाउन थालेदेखि सुन्न थालेको यो ब्यान्डलाई कात्रो लाउँदासम्म पनि सुनिरहन पाउँ । ’

गीतको म्युजिक भिडियो फज फ्याक्ट्रि प्रडक्सनले गरेको हो । जसलाई रोहित शाक्यले निर्माण गरेका हुन् । बर्खा मुखिया र प्रसित स्थापित सिनेमाटोग्राफर रहेका छन् भने मन्जित लामाले सिनेमाटोग्राफीका साथै कलर पनि हेरेका छन् ।

म्युजिक भिडियोका एडिटर रेवत श्रेष्ठ हुन् । प्रडक्सन सुपरभाइजर श्रेया सपरभाइजर हुन् भने संजय सुवेदी र पुरन जोशी क्रमशः प्रडक्सन म्यानेजर र स्टाइलिस्ट हुन् ।

यो म्युजिक भिडियो १९७४ एडीको पुरानो गीत ‘परेलीमा’ बाट सुरु हुन्छ । यसमा सबैलाई निकै हाँसो, ठट्टा, मस्ती गरिरहेको  देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप