गुल्मीमा एक व्यक्तिको कुटीकुटी हत्या, अभियोगी पक्राउ
आइतबार, १२ असोज २०७६, १० : २७
बुटवल । गुल्मीमा एक जना बृद्धले एक व्यक्तिको कुटेर हत्या गरेका छन् ।
जिल्लाको कालगण्डकी गाउँपालिका वडा नम्वर–६ का ६४ वर्षीय दुर्गादत्त ढकालको स्थानिय ४४ बर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ कुटेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता मिनबहादुर घलेले हत्या अभियोगी सार्कीलाई गत राती १ बजेको समयमा पक्राउ गरी हिरासतमा लिएको जानकारी दिए । प्रहरीका अनुसार व्यक्तिगत रिसइवीका कारण हत्या भएको हो ।
कुटपिटपछि घाइते भएका ढकाललाई उपचारका लागि स्थानिय स्वास्थ्यचौकीमा लैजाने क्रममा मृत्यु भएको डिएसपी घलेले बताए ।
अहिले विहान प्रहरीको टोली घटना स्थलमा आई पुगेको र मुचुल्का तयार पारेको स्थानिय अजुन ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने