शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साजिद खान यौन शोषणको आरोपबाट मुक्त भए उनीसँग पक्कै काम गर्नेछुः अक्षय कुमार

आइतबार, १२ असोज २०७६, ११ : ०१
आइतबार, १२ असोज २०७६

अक्षय कुमारले यदि निर्देशक साजिद खान मिटुको आरोपबाट मुक्त भए आफू भविष्यमा निश्चित रुपमा उनीसँग काम गर्ने बताएका छन् । उनले शुक्रबार फिल्म ‘हाउसफुल ४’ को ट्रेलर लञ्चका क्रममा यस्तो बताएका हुन् ।

वास्तवमा साजिदले यो फ्रेन्चाइजीको पहिलो दुई फिल्म निर्देशन गरेका थिए । चौथोमा पनि उनी काम सुरु गरिसकेका थिए । तर पछिल्लो वर्ष जब अहाना कुमरासमेत थुप्रै महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएपछि उनको सट्टा फरहाद सामजीलाई राखियो ।

मलाई थाहा छैन, उनको केस कहाँ पुग्यो ?

अक्षयले शुक्रबार ट्रेलर लञ्चको क्रममा साजिदमाथिको आफ्नो बयानमा भने, ‘मलाई थाहा छैन आखिर उनको मुद्दा कहाँ पुग्यो । तर यदि सबैकुरा ठिक भए र उनी आरोपमुक्त भए म निश्चित रुपमा भविष्यमा उनीसँग काम गर्नेछु ।’

अक्षयले साजिदको निर्देशनमा ‘हाउसफुल’ का सुरुका दुई भागबाहेक सन् २००७ मा रिलिज भएको ‘हे बेबी’ मा पनि काम गरेका थिए । तीनै फिल्म बक्स अफिसमा हिट भएको थियो ।

६० प्रतिशत ‘हाउसफुल ४’ साजिदको निर्देशनमा सुट भयोः

विभिन्न रिपोर्टमा दाबी गरिए अनुसार जब साजिदलाई ‘हाउसफुल ४’ मा फरहादले रिप्लेस गर्दा फिल्मको ६० प्रतिशत सुटिङ समाप्त भइसकेको थियो । ट्रेलर लञ्चमा जब अक्षयलाई यदि यो साँचो हो भने उनलाई फिल्ममा क्रेडिट किन नदिने भनेर प्रश्न सोधियो । यसको जवाफमा उनले भने, ‘यो साँचो हो कि फिल्मको ६० प्रतिशत सुटिङ भइसकेको थियो । तर उनलाई क्रेडिट नदिने निर्णय स्टुडियो (फक्स स्टार) को हो ।’

मिटुपछि उद्योगमा ठूलो परिवर्तन आयोः

बलिउडमा मिटु अभियान सुरु भएको एक वर्ष पुरा भएको छ । जब अक्षयसँग यो समयमा फिल्म इन्डष्ट्रिमा कस्ता परिवर्तन आए भनेर सोध्दा जवाफमा उनले भने, ‘निकै धेरै परिवर्तन आइसकेको छ । मैले चिन्ने प्रत्येक प्रोडक्सन कम्पनीमा यौन हिंसासँग जुध्नका लागि अब अफिसर नियुक्त गरिएका छन् । उनीहरुले केही गलत नहोस् भनेर सुनिश्चित गर्छन् । उनीहरु सबै कुरा सुन्छन् र हरेक कुराबाट अवगत हुन्छन् । त्यहाँ अब निकै सुरक्षा छ । हामी आफ्नो कम्पनी र फिल्म सेटमा कुनै प्रकारको दुर्व्यवहार चाहँदैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप