लताको आवाजको मजाक उडाइन्थ्यो तर यो गीतले उनलाई दियो पहिचान
मधुर स्वरकी धनि तथा आवाजकी रानी लता मंगेसकर ९१ वर्षकी भइन् । उनले सांगितिक यात्राको ७० वर्षमा हजारौँ गीत पर्दा पछाडि रहेर गीत गाइन् । उनको जादुमही स्वरले करोडौँ स्रोताको मनमा बस्न सफल लताले १९७७ मा गुलजारले लेखेका गीतमा स्वर भरेकी थिइन् जुन उनको लागि मायाले भरिएको पत्र बराबरको थियो ।
भारत रत्न पुरस्कारबाट पुरस्कृत लताको संगीत यात्रा दुर्लभ रहेको छ । सन् १९२९ महान थिएटर आर्टिस्ट पण्डित दीनानाथ मंगेसकरको घरमा जन्मिएकी लताको रगतमै थियो, संगीत, नाच र अभिनय । तर बालापनमा गरिबीको सामान गर्नुपरेपछि उनी धेरै अगाडि बढ्न सकेकी थिइनन् । रुढीवादी सोचका पिताले उनलाई छोटा कपडा लगाउन, मेकअप गर्न र राति घर बाहिर हिँड्न दिँदैनथे । उनको डे«सअप र मेकअपका कारण फिल्मी गीतमा धेरै प्रशंसा पाउन नसकेको अनुभव सुनाएकी थिइन् ।
सन् १०४२ मा उनको पिताको निधन भयो । पिताको निधनपछि भाइबहिनीसँग उनले पनि निकै कष्टकर जिवन बिताइन् । १३ वर्षकै उमेरमा उनले थुप्रै समस्या झेलिन् । बालापनको स्वतन्त्रता उनले अनुभव गर्न पाइनन् । परिवारको गुजारा चलाउनको लागि उनले थुप्रै संघर्ष गर्नुपरेको थियो । त्यस समय बलिउडमा आफ्नो गीत आफै गाएर अभिनय गर्ने प्रचलन थियो त्यही क्षेत्रमा उनले आफ्नो करियरको सुरुवात गरिन् ।
उनले जीवनका केहि तिता अनुभव सुनाउँदै आफ्नो आवाजको मजाक उडाएको पनि सम्झिइन् । यसैबीच मास्टर गुलाम ह्यादरे उनको आवाजको पहिचान गरेर ‘आएगा आने वाला’ बोलको गीत गाउने मौका दिए । मधुवाला र अशोक कुमारले ‘मिस्ट्रि गर्ल’ मा गरेको उक्त गीत सुपर हिट भयो जसको कारण लतालाई केही राहत मिल्यो ।
केहि दशक पहिलो धेरै पातलो आवाजको भएको भन्दै अस्वीकृत लताको स्वरले अहिले सबैको मनमा जादू चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह