शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरपालुवा कुकुरलाई दैनिक नघुमाए २७ सय डलर जरिवाना

आइतबार, १२ असोज २०७६, १२ : ०२
आइतबार, १२ असोज २०७६

एजेन्सी । अष्ट्रेलियाको राजधानी क्यानबेराका कुकुरधनीले अब दिनमा एक पटक आफ्नो कुकुर घुमाउनै पर्नेछ । स्थानीय प्रशासनले यो नयाँ व्यवस्था ल्याएको हो । 

यो नियम पालना गर्न नसकेको अवस्थामा व्यक्तिले २७०० डलरसम्म जरिवाना तिर्नुपर्नेछ । 

सरकारले जीवजन्तु कल्याण विधेयक संशोधन ऐनलाई लागू गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो । ऐनमा जनावर कल्याणसम्बन्धमा कडा कानुनी व्यवस्था गरिएको छ । 

यस ऐन अनुसार कुकुरधनीले आफ्नो कुकुरलाई उचित भोजन, आवास र पानीको व्यवस्था गर्नुपर्नेछ ।

२४ घण्टा आफूसँग राख्ने कुकुरलाई कम्तिमा पनि दुई घण्टा खुल्ला छाड्नु आवश्यक हुने सहर प्रशासनको विचार छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप