बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने ५ जना पक्राउ

आइतबार, १२ असोज २०७६, १७ : २३
आइतबार, १२ असोज २०७६

काठमाडौँ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने ५ जनालाई पक्राउ गरेको छ । ट्राफिक महाशाखाका अनुसार हालसम्म १४७ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका – १० का २७ वर्षीय श्रीराम सिन्तान, बारा माहागढीमाई नगरपालिका–३ का २४ वर्षीय चन्दन साह कलवार, सिन्धुली कमलामाई नगरपालिका–९ का ५० वर्षीय दिपेन्द्र प्रसाद पौडेल, पाँचथर कुम्बायक गाउँपालिका–३ का ३० वर्षीय उपेन्द्र ढुंगाना र महोतरी बर्दिवास नगरपालिका–१० का २६ वर्षीय विशाल घिसिङ रहेका छन् । 

चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने टिकट काउन्टरलाई कारबाही गर्ने ट्राफिक महाशाखाले सूचना सार्वजनिक गरेको थियो ।

दशैंको अवरसरमा यातायात व्यवस्था विभागले तोकिदिएको भाडादर कायम नगरी बढी भाडा असुल्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । 

एकहप्तामा ट्राफिक प्रहरीको उपलब्धी
एक हप्ताको समयमा काठमाडौं उपत्यकाबाट ८८ हजार ८० सवारी साधन बाहिरिएको छ भने ८० हजार ३४१ सवारी साधन उपत्यका भित्रिएको ट्राफिक महाशाखाले जनाएको छ । 

ट्राफिक महाशाखाका अनुसार ५ लाख ९७ हजार ९८६ जना यात्रु काठमाडौं भित्रिएका छन् भने ६ लाख ८९ हजार ५७१ जना यात्रु बाहिरिएका छन् । ८५ हजार ९१ जनाले अग्रिम टिकट बुकिङ्ग गरेका छन् । 

महाशाखाका एसएसपी ढकालका अनुसार हालसम्म ८ वटा मात्र गुनासो आएको छ । उनले भने, ‘अग्रिम टिकट नपाएको, भाडा बढी लिएको, टिकट काटेकोमा यात्रु नलिई गएको, ट्राफिक जाम बढी भएको, टिकटमा सिट नम्बर उल्लेख नगरिएको जस्ता गुनासो आएको छ ।’

यस्तै असोज ५ गतेदेखि ११ गतेसम्म ६८० जना मापसे कारबाहीमा परेका छन् । बढी भाडा लिएको भन्दै १४७ जना पक्राउ परेका छन् । हेल्मेट नलगाएको र जिकज्याक तथा तीब्र गतिमा सवारी चलाउने १२ जना पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप